Sunday, April 17, 2011

म खातेको कुरा कस्ले सुन्छ यहाँ

 

Ramesh Ghimire, Kavre Multiple Campus

 

खै यहाँ कसलाई छ देशको चिन्ता?

नेता कुर्सीतान्न र भ्रस्टाचा गर्नमानै व्यस्तभए

जनता सहिद भएर रगतको खोला बगाएर गए

म खातेको कुरा कस्ले सुन्छ यहाँ?

नेपाल आमाको आँशु कस्ले फुच्छ यहाँ?

steet childnrenepal_map

 

खै यहाँ कसलाई छ देशको चिन्ता?

नेतालाई चिल्लो गाडी चढी क्यासीनो भए पुग्छ

जनतालाई सदरमुकाम आउन डाँडानै काट्नुपर्छ

म खातेको कुरा कस्ले सुन्छ यहाँ

नेपाल आमाको आँशु कस्ले फुस्छ यहाँ?

 

खै यहाँ कस्लाई छ देशको चिन्ता?

धनि मानिसले गरिब वर्गलाई शोसिरहेछ

महङगीले आकास छोएको कस्ले देखेको छ

म खातेको कुरा कस्ले सुन्छ यहाँ?

नेपाल आमाको आँशु कस्ले पुस्छ यहाँ?

 

खै यहाँ कस्लाई छ देशको चिन्ता?

शान्ति र संविधान खोज्न कहाँ जाने

दिनहु नेपाली जनताहरुको हत्याभयो रे

म खातेको कुरा कस्ले सुन्छ यहाँ?

नेपाल आमाको आँशु कस्ले पुस्छ यहाँ?

 

खै यहाँ कस्लाई छ देशको चिन्ता?

आफ्नो स्वार्थ पुरागर्नेहरु हजारौँ पाए

हामी जस्तो टुहुरा र खातेलाई कस्ले हेर्ने

म खातेको कुरा कस्ले सुन्छ यहाँ?

नेपाल आमाको आँशु कस्ले फुस्छ यहाँ?

 

रमेश घिमिरे

बिए प्रथम वर्ष

काभ्रे बहुमुखी क्याम्पस

बनेपा काभ्रे

सहयात्राको सह- सचिव

No comments:

Post a Comment