Thursday, April 14, 2011

मोबाईलको उपयोग र दुरूपयोग

 

शब्द: सरिता भट्ट (Sarita Bhatta)

स्नातक, आम सञ्चार तथा पत्रकारिता (BA in Journalism, Grahmin College)

ग्रामिण क्याम्पस, नेपालटार

"गाँउ-घर या संसारको जुनै कुनामा भए पनि मोबाइलमा एक कल गरेपछि नजिक भएको अनुभूती हुन्छ । सन्चो-विसन्चौ एकै क्षणमा थाँहा हुन्छ"- धुलिखेलको काठमाण्डौ विश्वविद्यालयमा बायोटेक्नोलोजिमा स्नातक गरिरहेका मुकुन्द भण्डारी यसरी मोबाईप्रति आफ्नो कृज्ञता प्रस्तुत गर्छन् । उनी कैलाली जिल्लाको धनगढीबाट १००० किलोमिटर भन्दापनि पूर्व धुलिखेलमा विद्यार्थी जिवन विताईरहेका छन्, सायद त्यसैले होला घरमा दैनिक एकपटक कुरा भएन भने परिवारजन आत्तिने गरेको मुकुन्द बताउँछन् । अझ मोबाइलमा ईन्टर्नेटको सुविधा भएकोले आफुलाई चाहिएको सूचना सजिलैसंग पाईने वताउँछन् मुकुन्दकै मित्र अमोल आचार्य । आफ्नो नयाँ नोकीयाको ई-सिक्क मोडलको मोबाईल हातमा लिँदै अमोल भन्छन्- "यसमा फेसबुक चलाउँदा साथीहरुबारे धेरै जसो कुरा त थाँहा हुन्छ तर समय वितेको पत्तै हुँदैन् । मैले त फेसबुक एकाउन्ड डिएक्टिभेट पनि गरिदिए पढाई बिग्रेला भन्ने डरले" । अमोल जस्तै कति युवाहरुले त मोबाईलकै कारण आफ्नो साथीहरुको सर्कल प्रगाढ रहेको दावी गर्छन् ।

mobile ko

वर्तमानयुगलाई विज्ञान र प्रविधिको युग पनि भन्ने गरिन्छ । सञ्चारक्षेत्रमा देखिएको आकाशे परिवर्तनमा उक्त प्रविधिको निर्णायक हात छ भन्नुमा कसैको दुईमत नहोला र त्ससमा पनि कम्प्युटर ईन्टर्नेट, मोवाईल, रेडियो र टेलिभिजनको सर्वसुलभ पहुँचले गर्दा समाज र व्यक्तिको जिवनमा यसका जति आकर्षक विशेषताहरु सतहिरुपमा देखिन्छन्, उक्तिकै नकारात्मक प्रभावहरु अमोलजस्ता थुप्रै प्रयोगकर्ताहरु भोगीरहेको हाम्रै समाजमा प्रशस्तै उदाहरणहरु छन् ।

 

ग्रमिण कलेज नेपालटारकी छात्रा श्रीजना अधिकारीलाई मोबाईको सानो आकारले खुबै सघाएको बताउँछिन् –"सानो भएकाले साथमा राख्न एकदम सजिलो छ, मनोरञ्जनको लागी ग्याम र च्याट पनि गरिन्छ तर घुम्दा-हिङ्दा बाटो या गाडीमा हराउने पनि उत्तिकै डर हुन्छ "। उनी थप्छिन् "मोबाइल भएन भने त मलाई छटपट्टि नै हुन्छ जस्तो लाग्छ " । त्यसैले होला श्रीजना जस्तै प्रयोगकर्ताहरु नेपालमा मात्रा ६० लाख नाघिसकेको एक तथ्याङकले देखाउँछ । मोबाईल प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धिसंगै नेटवर्कको समस्या पनि उत्तिकै बढेको र मोबाईल कम्पनिले आफ्नो ग्राहको मर्मलाई राम्ररी सम्बोधन नगरेको थुप्रै विद्यार्थीहरुको गुनासो छ ।

मोबाईलकै सन्दर्भमा यसका गलत पक्षहरु खोतल्दै ग्रामिण कलेका विनोद अधिकारी भन्छन् – "मोबाईल राम्रो सञ्चार माध्यम त हो तर कक्षामा पढाई भइरहेको बेला रिङगिङ टोन अन गर्ने, च्याट गर्ने, फोन गर्ने र कहिले गित पनि सुन्ने गरेको देख्दा वाक्क लाग्छ ।" उनी थप्छन् – "प्रयोगकर्तामै भर पर्छ " । विनोदको विचारले "चिन्नेलाई श्रिखण्ड नचिन्नेलाई खुर्पाको विड " भन्ने नेपाली उखानलाई सान्दर्भिक बनाउँछ । यस्तै गरी मोबाईल अहिले सबैको अत्यावश्यक साथी भएको स्विकार्छन् उनकै सहपाठी प्रमोद गिरी ।

अविभावकहरुले विद्यार्थी जिवनमा मोबाईलका दुरुपयोग बारे सचेत गराउँदा पनि देखासिकिको भरमा आवश्यकता नै नबुझी मोबाइल किन्ने र परिवारमा आर्थीक भार बढाउने गरेको ग्रामिण कलेजका शिक्षक घनश्याम पुडाशैनी बताउँनुहुन्छ । "उसै त कक्षाम हल्ला गर्न पाए खूसी हुन्छन् त्यहि माथी उनीहरूको गोजीमा मोबाईल भए त के चाहियो र ? कमसेकम कलेज टाईम भरी ४-५ घन्टा मात्र मोबाईल स्विच अफ या साईलेन्ट राख्न सकिन्छ नि"- शिक्षक पुडाशैनी आफ्नो दुखेसो पोख्नुहुन्छ ।

मोबाईलमा रेडियोको सुविधाले ताजा समाचार सुनेर आफूलाई अपडेट गर्नेसकिनेबेला खाली गित मात्र सुनेर मनोरञ्जन लिन नहुने पुडाशेनी जस्तै अरु शिक्षहरुको पनि सल्लाहा छ । यसरी आफन्तसंग नजिक रहनुमा मोबाइले कोसे ढुङगाको भूमिका खेले पनि यसको बेफाईदालाई बुझेर बुद्दीमतापूर्वक उपयोग गरिएन भने एउटा नागरीकलाई चेतनशील समजबाट टाढा बनाउनमा पनि मोबाईल पछि पर्दैन भन्दा अतिशयोक्ति नहोला ।

2 comments:

  1. ho vhanya mob le man6e lai bigarda Rahe6....
    tara vhan6an ni man6e le jasto khale chasma lagau6 tyastai khale duniya dekha6 ... tesai le yasko sadupayog garnu janu par6 .....

    ReplyDelete
  2. मलाई पनि सरिता भट्ट बहिनिको लेखले साच्चीनै नेपाली समाजमा मोबाइले ल्याएको र ल्याउन सक्ने विकृतिको सहि चित्रण गरेको जस्तो लाग्यो । तर बहिनीले अझै पनि सोधेर आम सञ्चारका अरु विज्ञहरुको धारणा समावेश गरेको भए राम्रो हुन्थ्यो ।

    ReplyDelete